दफा ५९५
प्रतिनिधि उत्तरदायी हुनेः

(१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायका कुनै अवस्थामा मुख्य व्यक्तिको तर्फबाट प्रतिनिधिले गरेको कारोबारको लागि निज व्यक्तिगत रूपमा जिम्मेवार हुनेछ:-
(क) व्यक्तिगत रूपमा जिम्मेवार हुने गरी तेस्रो पक्षसँग कुनै कारोबारका सम्बन्धमा करार गरेमा,
(ख) बेनामी मुख्य व्यक्तिका लागि वा त्यस्ता व्यक्तिका तर्फबाट काम गरेकोमा त्यस्तो मुख्य व्यक्ति प्रकाश नगरिएमा,
(ग) कुनै कारणले मुख्य व्यक्ति विरुद्ध मुद्दा मामिला गर्न नसकिने भएमा,
(घ) आफ्नै नामबाट करार गरेको भएमा,
(ङ) प्रतिनिधि नियुक्त गरेको करार वा अख्तियारी बाहिर गई काम गरेको भएमा,
(च) कारोबार गर्ने सिलसिलामा झुक्यान वा जालसाजी गरेको भएमा,
(छ) व्यापारको प्रकृति बमोजिम प्रतिनिधि व्यक्तिगत रूपमा उत्तरदायी हुनु पर्ने भएमा,
(ज) कारोबारमा प्रतिनिधि समेतको हित संलग्न रहेको भएमा ।
(२) प्रतिनिधि र तेस्रो व्यक्ति बीच भएको करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिम प्रतिनिधि व्यक्तिगत रूपमा जिम्मेवार भएको कारणले मात्र तेस्रो व्यक्तिले मुख्य व्यक्ति विरुद्ध कुनै दाबी गर्न बाधा पुर्याएको मानिने छैन र प्रतिनिधिबाट असूल हुन नसकेको रकम वापत मुख्य व्यक्ति विरुद्ध पनि कानूनी कारबाही चलाउन सकिनेछ ।
(३) उपदफा (२) बमोजिम मुख्य व्यक्ति विरुद्ध कानूनी कारबाही चलाउनका लागि प्रतिनिधिबाट अन्तिम भरिभराउ भएको मितिबाट हदम्याद प्रारम्भ भएको मानिनेछ ।